पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा उर्लाबारी भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पथरी भेट्रान्स (निलो) लाई ३-० ले पराजित गर्दै उर्लाबारी उपाधि नजिक पुगेको हो ।

उर्लाबारीको जितमा मित्र बस्नेत, अंकुर खड्गी र विशाल राई (ए) ले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच उर्लाबारीका अंकुर खड्गी चुनिए । उनले दुई हजार नगद सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलि बिहिवारको दोस्रो सेमिफाइनल खेल पथरी भेट्रान्स (रातो), मोरङ र सतिसाले भेट्रान्स, मोरङकाबीच खेल हुनेछ ।
पथरी शनिश्चरे भेट्रान्स एफसीको आयोजनामा जारी प्रतियोगितामा मोरङ र झापाका गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।
