काठमाडौं । छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता आज सम्पन्न भएको छ । आज सम्पन्न प्रतियोगितामा नेपालले ९ गोल्ड र ८ सिल्भर पदक हात पारेको छ भने भारतले एक गोल्ड र २ सिल्भर पदक हासिल गर्यो ।

पुरुष २५ केजी तर्फ प्रथम आरोष हेम्जन,द्धितिय भुवन राई,पुरुष ३० केजी तर्र्फ प्रथम रमण मगर, द्धितिय प्रेम नगरकोटी ,पुरुष ३५ केजी तर्फ प्रथम आदित्य महतो, द्धितिय सुजन बस्नेत, पुरुष ४० केजी तर्फ प्रथम कृष्ण चन्द मोक्तान, द्धितिय सरोज मल्ल, पुरुष ४५ केजी तर्फ प्रथम सबिन गुरुङ द्धितिय मनोज अग्ररी, पुरुष ५० केजी तर्फ प्रथम सचिन खालिंग,द्धितिय सलोन राई त्यसैगरि खुल्ला पुरुष तर्फ अनिल कुमार लोहार, द्धितिय आशिष मोक्तान विजयी भएका छन् ।

त्यसैगरि, महिला ३५ केजी तल प्रथम उषा राना मगर,द्धितिय आषिका डंगोल,महिला ४५ तर्फ प्रथम कुशुम थिंङ,द्धितिय क्रिजल सिलवाल,खुल्ला महिला तर्फ प्रथम रिमावती रेवाङ, द्धितिय दिब्याना जोशी भएको छन् ।

प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत,विशेष अतिथि अन्तर्राष्ट्रिय क्योकुसिन कैकान एलाइड कराते एसोसिएसनका उपाध्यक्ष पिटर होगार्थ, कृष्ण गुरुङ, नेपाल प्रेस युनियनका सचिव छायाचन्द्र भण्डारी लगायतले प्रतियोगितामा विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रमुख अतिथि नगर प्रमुख बस्नेतले पवित्र स्थल यस दक्षिणकालीमा खेल प्रतियोगिता आयोजना भएकोमा अत्यान्तै खुशी ब्यक्त गर्दै, खेल व्यक्तिगत स्वास्थ्यको लागि र खेलको माध्यमबाट आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रियसम्म पुर्याउन अत्यन्त महत्वपुर्ण रहेको बताए ।

छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप कराँते प्रतियोगिका अध्यक्ष विनोद गुरुङले आफ्नो क्षेत्रका खेलाडीहरु अन्तराष्ट्रिय खेलसम्म पुग्न सफल हुन् भन्ने सुभेक्षा व्यक्त गदै खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको संयोजन रामकुमार नगरकोटीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *