ललितपुर । अखिल नेपाल फुटबल संघ एन्फालाई उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश निष्कृय बनाएको छ । 

न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र अच्युत कुइकेलको संयुक्त इजलासले यसअघि चुनावी प्रक्रिया रोक्न दिएको अन्तरिम आदेशलाई निष्कृय बनाएको हो । 

एन्फाले अर्लि इलेक्सन माघको २८ गते झापामा गर्ने गरी मिति तय गरेपछि मंसिर २५ गते अमित खत्री, माघ २ गते विराट जंग शाही, माघ ७ गते गणेश थापा र बसन्त रिजालसहितले रिट निवेदन दर्ता गरेका थिए । जसमा राखेप, सदस्यसचिवका साथै एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई र रामचन्द्र गौतमलाई विपक्षी बनाइएको थियो । 

अदालतमा निवेदकहरुले २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल अझै बाँकी रहेको भन्दै निषेधाज्ञा, उत्प्रेषण र अबहेलनाको रिट दर्ता गर्दै अर्लि इलेक्सन रोक्न माग गरेका थिए । जवाफमा एन्फा अन्तरिम आदेश रद्द गर्न माग गर्दै अदालत गएको थियो । अदालतले अन्तरिम आदेश निष्कृय गरेसँगै निर्वाचनको प्रक्रिया अघि बढाउने एन्फालाई बाटो खुला भएको छ ।

एन्फाले निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गरि सकेको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष नेम्वाङसँग उपाध्यक्ष दीर्घबहादुर केसी कुमारले प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *