साउदी प्रो लिगमा अल नासरले अल नज्मालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले घरेलु टोली अल नज्मालाई ५-० गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै अल नासरले लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट दुई अंकको अग्रता बनाएको छ ।

अल नासरको जितमा इनिगो मार्टिनेजले दुई तथा क्रिस्टियानो रोनाल्डो, किस्ले कोमान र साडियो मानेले एक-एक गोल गरे ।

खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा कोमानले गोल गर्दै अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा मार्टिनेजले अल नासरका लागि तेस्रो गोल गरे । ५२औं मिनेटमा मानेले अर्को गोल थप्दा अल नासर ४-० ले अघि बढ्यो । त्यसपछि ८०औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यस जितसँगै शीर्ष स्थानमा रहेको अल नासरले २३ खेलबाट ५८ अंक पुर्याएको छ । पराजित अल नज्मा तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *