काठमाडौं । प्रधानमन्त्री कपका लागि भएको काठमाडौं जिल्ला छनोट प्रतियोगितामा सीइसी (क्रिकेट एक्सीलेन्स सेन्टर) च्याम्पियन बनेको छ ।
महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई आज फाइनलमा १३८ रनको विशाल अन्तरले हराउँदै सीइसीले उपाधि जितेको हो ।
फाइनलमा पहिले ब्याटिङ गर्दै सीइसीले ९ विकेटको क्षतिमा २२९ रन जोड्यो । सीइसीका वीरेन्द्र धनाडीले सर्वाधिक ६६ रनको योगदान दिए । यस्तै बुद्धिमान बिष्टले ४४ रन जोडे । महावीरका सोनु देवकोटाले ४ विकेट लिए ।
जवाफी ब्याटिङमा महावीरका दुई जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाएका थिए । प्रतिश जिसीले आठौं नम्बरमा आएर ४० बलमा सर्वाधिक ४७ रन बनाए । महावीर २१.३ ओभरमा ९१ रन बनाएर अलआउट भयो । सीइसीका दयानन्द मण्डलले सर्वाधिक ४ विकेट लिए ।
सीइसी लगातार दोस्रोपटक उपाधि विजेता बनेको हो । छनोट प्रतियोगितामा काठमाडौंका १८ वटा क्लवहरु सहभागी थिए ।
