नेपालले आईसीसी पुरुष टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जित दर्ता गरेक्क छ ।

मंगलबार भएको समुहको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो जित निकालेको हो ।

मुम्बईस्थित वानखेडे स्टेडियममा स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका जितमा दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले । यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी र लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । 

त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ सेखले ३३, गुलशन झाले २४ र कप्तान रोहित पौडेलले १६ रन बनाए । स्कटल्याण्डका लागि माइकल लिस्कले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो स्कटल्याण्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । स्कटल्याण्डका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

यो संगै नेपालले जियका साथ विश्वकप यात्रा टुंङग्याएको छ । यो खेल अगावै दुवै टोली समुह चरण बाट बाहिरिसकेका थिए । यसअघि नेपाल इङल्यान्ड, इटली र वेस्ट इन्डिज संग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *