गाईघाट । त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा आर्मीका लागि बिमला चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पहिलो हाफमै गरिएको उक्त गोल जोगाउँदै आर्मीले पुलिसको चुनौतीलाई सफलतापूर्वक रोक्यो ।

जितसँगै आर्मीले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लब भिड्दै छन् । फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *