नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयतामा यथावत स्थानमा रहेका छन् ।

बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा उनी छैटौँ स्थानमा यथावत छन् । उनले हालै इंल्यान्डविरुद्धको खेलमा ४४ रन बनाएका थिए ।

टी-२० अलराउन्डरको शीर्ष वरियातामा जिम्बाब्बेका सिकन्दर राजा पहिलो स्थानमा उक्लिएका छन् । त्यस्तै, पाकिस्तानमा सयम अयुब दोस्रो स्थानमा छन् । भारतका हार्दिक पान्डेया तेस्रो स्थानमा रहँदा वेस्ट इन्डिजका रोस्टन चेज चौथौ स्थानमा छन् । वरीयाता अनुसार पाकिस्तानका मोहम्मद नवाज पाँचौ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *