पापा ईबु केबेको शानदार ह्याट्रिकसँगै प्लानिङ ब्वाइज युनाइटेडले संकटा फुटबल क्लबमाथि सहज जित दर्ता गरेको छ ।

सातदोबाटोस्थिति एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनेको दोस्रो खेलमा प्लानिङले ४–० ले जित निकालेको हो । लिगमा प्लानिङको पाँचौं जित हो ।

यो जितसँगै ७ खेल खेलेको प्लानिङले १६ अंक जोडेको छ । संकटाको भने तेस्रो हार हो । समान खेलबाट संकटाको ६ अंक छ । 

खेलको १९औं मिनेटमा प्रतापसिंह राईको पासमा ईबु केबेले गोल गर्दै प्लानिङ ब्वाइजलाई सुरूआती अग्रता दिलाए । त्यस्तै ३०औं मिनेटमा रोमन भुजेलको पासमा श्यामु मुर्मुले उत्कृष्ट गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनायो । 

८०औं मिनेटमा ईबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई ३–० को स्थिति ल्याए । खेलको अन्तिम मिनेटमा ईबु केबेले प्लानिङ ब्वाइजका लागि पुनस् गोल गर्दै ह्याट्रिक पूरा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *