काभा वुमन्स लिगअन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग प्रतिस्पर्धा गर्ने भएको छ । माल्दिभ्समा जारी प्रतियोगिताको यो खेल नेपाली समयअनुसार शुक्रबार राति ९:१५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा जित निकाल्दै उत्साहमा रहेको पुलिस क्लब आज दोस्रो लगातार जितको खोजीमा मैदान उत्रनेछ। उता इरानी क्लब फौलाद पनि आफ्नो दोस्रो जित हात पार्ने लक्ष्यसहित खेलमा उत्रँदैछ ।
यसअघि बिहिबारको खेलमा पुलिसले उज्वेकिस्तानको हुमोलाई ३-१ को सेटमा पराजित गर्दै समूह बी मा विजयी सुरुआत गरेको थियो ।
