साबिक विजेता नेपाल पुलिस क्लबले काभा वुमन्स लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन् । यी दुईबीचको खेल बिहीबार साँझ ५ बजे सुरु हुनेछ ।
पुलिसको यो पहिलो खेल हो । हुमोले यो दोस्रो खेल हो। हुमो पहिलो खेलमा माल्दिभ्सको क्लब हुरासँग ३-० को सेटमा पराजित थियो ।
