विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट–२०८२ अन्तर्गत क्रिकेट खेलहरू सम्पन्न भएका छन् ।

क्रिकेटतर्फ शिक्षादीप कलेज र विराट क्याम्पसले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्दा फुटबलतर्फ मोडर्न एरा र अर्किड कलेज विजयी भएका छन् ।

जुट मिल मैदानमा भएको क्रिकेटको पहिलो खेलमा शिक्षादीप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको विकेभिएम १७.५ ओभरमै अलआउट हुँदै ९९ रनमा सीमित रह्यो । विकेभिएमका लागि हार्दिक रेन्मीले सर्वाधिक १९ रन जोड्दा शिक्षादीपका रोशन राँयले ३ विकेट लिएर खेलको दिशा मोडे। उनी प्लेयर अफ द म्याच घोषित भए ।

९९ रनको लक्ष्य पछ्याएको शिक्षादीपले १५.४ ओभरमा १ विकेट गुमाउँदै सहज जित निकाल्यो । टेकनारायण मण्डलले ३२ रनको महत्वपूर्ण योगदान दिए । विकेभिएमका सवल न्यौपानेले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

दोस्रो क्रिकेट खेलमा विराट क्याम्पस र सगरमाथा कलेजबीच प्रतिस्पर्धा हुने तय भए पनि सगरमाथा निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि विराट क्याम्पस वाकओभरमा विजयी हुँदै क्वाटरफाइनल पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *