काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा उत्तम न्यौपानेलाई सम्मान गरेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले केल्मी नेपालका प्रवन्धक न्यौपानेलाई IG APF COMMENDATION बाट सम्मान गरेका हुन् ।
प्रवन्धक न्यौपानेले सशस्त्र प्रहरीको खेलकुद टोलीलाई आवश्यक पोशाक तथा सामग्रीहरू उपलब्ध गराई सहयोग पुर्याउँदै आएका छन् ।
सशस्त्र प्रहरीका कर्मचारीहरूलाई खेलकुदका सामग्री खरिदमा पनि केल्मीले विशेष सहुलियतको व्यवस्था गरेको छ । सशस्त्र प्रहरी बलले आफ्नो स्थापनाको २५औँ वर्ष पुगेको उपलक्ष्यमा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै यो वर्षलाई रजत महोत्सवको रूपमा मनाइरहेको छ ।
