सुनसरी । कोशी प्राइड प्रा.लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन आज (शनिबार) हुँदैछ ।

विभिन्न सात फ्रेन्चाइज टिम सहभागी हुने प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुनेछ । अक्सनमा २३२ खेलाडी रहेका छन् ।

जसमा क्याटगोर ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन् । आयोजक कोशी प्राइड प्रा.लीकाअनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।

प्रतियोगिताको लागि एक टोलीमा १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का चार खेलाडी रहनेछन् ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

केपिएलका निर्देशक अफजल हुसैनका अनुसार प्रतियोगितामा सात टिमहरु नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुँदैछन् ।

नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, विर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् ।

त्यस्तै, पुर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल छन् । एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का हुन् ।

बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई मालिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *