काठमाडौं । प्याब्सन काठमाडौंको आयोजनामा यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नवराज भट्टले जानकारी दिएका छन्।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गरिने बताउदै विद्यालय क्रिकेटको संस्थागत विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने समेत बताएका छन्।

आयोजक प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग संयोजक धनबहादुर पुनले प्रतियोगिताबाट उदीयमान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेमा छन् ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुनेछ । टी–२० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा फागुन ६ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *