विराटनगर । हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत क्रिकेटतर्फको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ ।
शुक्रबार विराटनगरस्थित जुट मिल मैदान भएकोे फाइनल खेलमा कान्तिपुरले शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४६ रनकोे विशाल योगफल तयार पारेको थियो । शिक्षादिपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१ रन,शिवम झाले १९ रन र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।
१ सय ४७ रनका विशाल लक्ष्य पाएको कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घाषित समेत भए । शिक्षादिपका रोहनकुमार राँयले २ विकेट लिँदा सुदिप यादवले पनि २ विकेट लिए
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा जारी हिसान स्पोर्ट्स मिट २०८२ को समपान भोलि शनिबार हुनेछ ।
