विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत शुक्रबार भएको भलिबल खेलमा छात्रतर्फ राष्ट्र निर्माण कलेज र कान्तिपुर कलेज तथा छात्रातर्फ राष्ट्र निर्माण कलेज र रेडस्टार कलेज फाइनलम प्रवेश गरेका छन् ।

दिल्ली पब्लिक स्कुलको मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा राष्ट्र निर्माण कलेजले बुद्ध कलेजलाई २५–२० र २५–१९ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णका चन्द्र श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले विकेभिएम कलेजलाई १८–२५, २५–२० र २७–२५ को सेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कृष थारु घोषित भए ।

छात्रातर्फ पहिलो खेलमा राष्ट्र निर्माण कलेजले अरनिको कलेजलाई २५–१४ र २५–१४ को सोझो सेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । खेलको प्लेयर अफ द म्याच राष्ट निमार्णकी मनिषा तामाङ घोषित भइन् ।

दोस्रोे खेलमा रेडस्टार कलेजले शिक्षादिप कलेजलाई २५–२ र २५–६ को सोझो सेटले पराजित गर्दै फाइनलमा पुग्यो । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी आस्मा लिम्बु घोषित भइन् ।

छात्र तथा छात्रा दुबैतर्फको फाइनल खेल भोलि शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *