विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा अररिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा सुपौल क्रिकेट क्लवलाई ४ विकेटकोे पराजित गर्दै अररिया अन्तिम चारमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गरेको सुपौलले निर्धारित २१ ओभरमा ९ विकेट गुमाई १ सय ७८ रनको योगफल तयार गरेको थियो । सुपौलका गुल्सन कुमारले ५२ रन बनाउँदा गगनले ५० रनको योगदान दिए । अररियाका उत्तमकुमारले ३ विकेट लिँदा अमन राजेले २ विकेट लिए ।
१ सय ७९ रनकोे लक्ष्य पाएको अररियाले २० दशमलव १ बलमा ६ विकेट क्षतिमा सो लक्ष्य पार गरेको छ । अररिया प्लेयर अफ म्याच उज्जवल कुमारले ७१ रन बनाउँदा अमन राजले ३० र राजाबाबुले २५ रन बनाए । सुपौलका सहन्साले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ म्याचको पुरस्कार समाजसेवी शुसिल सिंहले वितरण गरे
