पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले तेस्रो स्थान हात पारेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । तेस्रो बनेसँगै पर्वत भलिबलले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *