गण्डकी प्रदेश छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबलाई ३-१ सेटले हराउँदै गण्डकी च्याम्पियन बनेको हो ।
गण्डकी तेस्रो पटक च्याम्पियन बनेको हो । पहिलो सेट गुमाएको गण्डकीले पुनरागमन गर्दै जित निकालेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा गण्डकीले पुलिसलाई २३-२५, २८-२६,२५-२२,२५-१७ ले हराएको थियो ।
दोस्रो सेटमा जितेपछि खेलमा गण्डकी हाबी भएको थियो ।
गण्डकीले ट्रफीसहित ६ लाख ६६ हजार ६ सय ६६ , पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र पर्वतले २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
