दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् ।

स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह चरणमा स्वीकृतले काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए ।

सेमिफाइनलमा स्वीकृतले फिलिफिन्सका खेलाडीलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनलमा स्वीकृत चाइनिज ताइपेईंसंग २–३ ले चुके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *