प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग निवास बालुवाटारमा भएको भेटमा खेलाडीहरुलाई शुभकामना दिनुभएको हो ।

‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो । खेलाडीद्वय दाहाल र फुयालले ६ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

र्‍यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *