विराटनगर । विराट खेलकुद क्लबको आयोजनामा आजबाट स्कुल स्तरीय पुरुस भलिवल प्रतोयोगीता सुरु भएको छ । मोरङ सुनसरी र झापाका विद्यालयहरुको सहभागीता रहेको कार्यक्रमको आज उद्घाटन गरिएको छ ।

भलिबल खेलाडी उत्पादनमा सक्रीय भुमिका निभाइरहेको विराट खेलकुद क्लबले समय समयमा विभिन्न प्रतियोगीता गराउदै आइरहेको छ । प्रतियोगीता दुई दिन संचालन हुने र तीन जिल्लाका १४ टीमको सहभागीता रहेको खेल संयोजक सुमन बुर्लाकोटीले बताएका छन ।

प्रतियोगितामा बिजेता तथा उप बिजेताहरुलाइ मेडन ट्रफी, प्रमाणपत्र र नगद १० हजार प्रदान गरीने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *