विश्वकप छनोटमा जर्मनीको सहज जित

२०८२, ३० कार्तिक शनिबार ०९:५८

युरोपेली विश्वकप छनोटमा जर्मनीले सहज जित निकालेको छ । शुक्रवार राति भएको समूह ‘ए’ को खेलमा जर्मनीले लक्जमबर्गलाई २–० गोलले पराजित गरेको हो ।

लक्जमबर्गको घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन निक वोल्टेमेडले दुबै गोल गरे । उनले खेलको ४९औं र ६९औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै जर्मनी ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ । समान ५ खेल खेलेको लक्जमबर्ग जितबिहिन छ ।

युरोपबाट इङ्ल्यान्ड, फ्रान्स र क्रोएसिया विश्वकपमा छनोट भइसकेका छन् । विश्वकपमा युरोपबाट १६ टिम छनोट हुनेछन् ।

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म हुने विश्वकपमा ४८ देशको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *