क्रोएसिया विश्वकप २०२६ मा छनोट भएको छ । शुक्रबार राति युरोपेली छनोटमा फारो आयरल्यान्डलाई ३-१ ले हराउँदै छनोट भएको हो ।
फारोले जेजा डेविडको गोलले अग्रता लिएपछि क्रोएसियाका लागि जोस्को ग्रारिडोल, पिटर मुसा र निकोला भ्लासिचले गोल गरे ।
सन् २०१८ विश्वकप उप-विजेतालाई अब समूह ‘एल’ मा कसैले उछिन्न सक्ने छैन् । यसै समूहका मोन्टेनेग्रोले जिब्राल्टरलाई ३–१ ले हरायो । यस्तै नेदरल्यान्ड्स पनि छनोटको नजिक पुगेको छ । समूह ‘जी’ मा पोल्यान्डले नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको हो ।
क्रोएसिया विश्वकपमा छनोट हुने तेस्रो युरोपियन तथा समग्रमा ३०औं राष्ट्र हो । यसअघि युरोपबाट इङ्ल्यान्ड र फ्रान्स छनोट भइसकेका छन् ।
अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म हुने विश्वकपमा ४८ देशको सहभागिता रहने छ ।
युरोपियन विश्वकप छनोटमा शुक्रवारका अन्य नतिजा
- स्लोभाकिया १–० नर्दन आयरल्यान्ड
- जर्मनी २–० लक्जेमबर्ग
- पोल्यान्ड १–१ नेदरल्याण्ड्स
- फिनल्यान्ड ०–१ माल्टा
- जिब्राल्टर १–२ मण्टेनेग्रो
