काठमाडौँ । आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दुई उपाधिनजिक पुगेको छ । पुष्पसदन सिनियर ब्वाइज र गल्सको श्री बाइ श्रीमा फाइनलमा पुगेका हुन् ।

सिनियर ब्वाइजमा पुष्पसदनले निःसर्ग वाटिकालाई ६०-४४ ले पराजित गर्यो । पुष्पसदनको जितमा सुशान श्रेष्ठले १५ अंक योगदान गरे। फाइनलमा पुष्पसदनको भेट राराहिलसंग हुनेछ । अर्को सेमिफाइनलमा नोजा महर्जनको १४ अंक सहयोगमा राराहिलले रेडियन्ट पब्लिकलाई ४३-२८ ले हराएको थियो ।

गल्समा पुष्पसदनले द एक्सेल्सियरलाई १३-११ ले हरायो । उपाधिका लागि पुष्पसदनले स्वर्णिमको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा स्वर्णिमले मंगललाई ८-३ ले पाखा लगायो ।

जुनियर ब्वाइजमा राराहिल र ग्रिनफिल्डले उपाधि भिडन्त पक्का गरे। राराहिलले पुष्पसदनलाई २१-५ तथा ग्रिनफिल्डले निःसर्गलाई २४-८ ले पन्छाए । राराहिलका निसान केसीले ८ तथा ग्रिनफिल्डका अजय मगरले ९ स्कोर गरे । फाइनल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *