नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२० वर्ल्डकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन् ।
उनी भोली भारात प्रस्थान गर्दैछन् भने भारतवाट नै १४ नोभेम्वर श्रीलंका जानेछन् । प्रतियोगिताको उद्घाटन खेल नोभेम्वर ११ (कार्तिक २५) भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्वर २३ (मंसिर ७) गते हुनेछ ।
नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन महिला विश्वकप टि-२० मा सहभागिता जनाउने छन् ।
गुप्ता नेपालबाट सिनियर टोलीको विश्वकपको खेल खेलाउने नेपालको पहिलो अम्पायर बनेका छन् । यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन् ।
उनले श्रीलंकामा हुने यस विश्वकपको भारत र पाकिस्तान बिचको खेलको अम्पायरिङ समेत गर्ने भएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्तिहरूमध्ये पर्छन् । यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका लागि गौरवको विषयका रूपमा हेरिएको छ।
