निःसर्गको दोहोरो जित

२०८२, २७ कार्तिक बुधबार १८:४३

काठमाडौं । निःसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । निःसर्गले सिनियर र जुनियर ब्वाइजमा सफलता पायो ।

सिनियर ब्वाइजमा निःसर्गले एलआरआईलाई ३०-७ ले पराजित गर्यो । निःसर्गका कृतिकले ७ अंक जोडे । जुनियर ब्वाइजमा निःसर्गले बाघभैरवलाई १०-४ ले हरायो । निःसर्गका अर्पितले ४ स्कोर गरे।

सिनियर ब्वाइजमा ज्ञानोदयले युनाइटेड युनिभर्सललाई १८-२, मंगलले ज्ञानोदयलाई ३४-२३, स्वर्णिमले एभीएमलाई ३३-२२, रेडियन्ट पब्लिकले ल्याबोरेटरीलाई ३२-१८, भ्याली भ्यूले न्यु जेनिथलाई २७-१७ र आयोजक पुष्पसदनले स्वर्णिमलाई ३८-२१ ले पाखा लगाए । ज्ञानोदयका प्रयुन्श शेरचनले ६, मंगलका अनुक महर्जनले १७, स्वर्णिमका रिजेनले ८, रेडियन्टका सुप्रित लामिछानेका ९, भ्याली भ्यूका गणेशबहादुर विष्टले ९ र पुष्पसदनका सम्राट लामाले १५ अंक बटुले ।

जुनियर ब्वाइजमा राराहिलले मंगललाई २०-८ तथा ग्रिनफिल्डले भ्याली भ्युलाई १९-४ ले पन्छाए । राराहिलका निसान केसीले ८ तथा अजय मगरले ९ स्कोर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *