श्रीलंकाको कोलम्बोमा जारी काभा महिला यु-१९ भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा पराजय ब्यहोरेको छ ।
नेपाल मंगलबार सम्पन्न खेलमा कीर्गिस्तानसँग २-३ को सेटमा पराजित भएको हो ।
पहिलो सेटमा नेपाल २५-२२ ले विजयी भयो थियो । दोस्रो सेटमा नेपाल १४-२५ ले पराजित भयो । यस्तै, तेस्रो सेटमा नेपालले शानदार पुनरागमन गर्दै २५-१८ ले आफ्नो पक्षमा पार्दै सेटमा २-१ को अग्रता बनायो ।
तर, निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा नेपाल २२-२५ ले पराजित भएपछि खेल पाँचौँ सेटमा पुगेको हो । पाँचौँ तथा निर्णायक सेटमा नेपाल ९-१५ ले पराजित भयो ।
