काभा यु-१९ महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।

श्रीलंकामा जारी च्याम्पियनसिपमा बुधबार नेपालले घरेलु टोलीमाथि ३-१ को सेटमा जित निकालेको हो । पहिलो सेट २५-१८ र दोस्रो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट १९-२५ ले श्रीलंकालाई सुम्पियो ।

चौथो सेटमा २५-२० ले जित निकाल्दै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्यो ।

च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसहित ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हनेछ ।

कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *