नेपालले महिला कबड्डी विश्वकपमा तेस्रो जित हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताको पुल ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले केन्यालाई २८-२१ ले पराजित गरेको हो । योसँगै नेपालले ४ खेलबाट ६ अंक पुऱ्याएको छ ।

नेपालले पहिलो खेलमा जन्जिबरलाई ५८-१६ ले हराएको थियो । पोल्यान्डलाई ६३-२५ ले पाखा लगाउँदै फराकिलो जित निकालेको नेपालले तेस्रो खेलमा भने चाइनिज ताइपेईलाई ३१-१५ को नतिजा सुम्पिएको थियो ।

अब नेपालले शनिबार इरानसँग प्रतिस्पर्धा गर्दै लिग चरणको खेल सकाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *