सोमबारदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ

नेपालले सोमबार नै भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । खेलभर नेपालले ट्याकल र डिफेन्स दुवैमा बलियो प्रदर्शन गर्दै ४२ अंकको फराकिलो अन्तरले जित दर्ता गर्यो ।

महिला कबड्डी विश्वकपमा कूल ११ टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार पोल्याण्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *