पथरी (मोरङ) । संकटा क्लबलाई पराजित गर्दै पाँचथर क्लबले अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी पथरीशनिश्चरे गोल्डकप २०८२ मा विजयी सुरुआत गरेको छ ।
सोमबार पथरी रंगाशाला भएको तेस्रो क्वाटरफाइनल खेलमा पूर्व उपविजेता टिम संकटा क्लबलाई १–० गोलले निराश बनाउँदै पाँचथर क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

पाँचथरको जितमा विशाल घलानले निर्णायक गोल गरे । उनले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच निर्णायक गोलकार्ता विशाल घलान नै घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार हुने चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल न्यु रोड टिम (एनआरटी) र झापा ११ बीच हुनेछ । कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
