नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले आइतबार जितेको छ ।
सेभन्सको २ र फिफ्टिन्सको १ गरी ३ खेलको सिरिज नेपालले एक खेल अगावै सिरिज जितेको नेपाल रग्बी संघले जनाएको छ ।
बंगलादेशको ढाकामा भइरहेको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पा¥यो ।
नेपालले बंगलादेशलाई पहिलो खेलमा १५-० र दोश्रोमा २६-१५ को जित दर्ता गर्यो । नेपालले मंगलबार फिफ्टिन्स खेल्ने छ।
