एएफसी च्याम्पियन्स लिग -२ मा अल नासरले सहज जित निकालेको छ ।

बुधवार राति भएको खेलमा साउदी क्लब अल नासरले भारतीय टोली एफसी गोवालाई ४–० ले पराजित गरेको हो । यो खेलमा अल नासरको टिममा कप्तान क्रिस्टियानो रोनाल्डो थिएनन्, प्रशिक्षकले उनलाई आराम दिएका हुन् ।

साउदीको घरेलु मैदान अल अवाल पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन अब्दुलरहमान घरिबले दुई गोल गर्दा मोहम्मद मरान र जाओ फेलिक्सले समान एक–एक गोल थपे ।

खेलको ३५औं मिनेटमा घरिबले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा घरिबले ब्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

त्यसपछि मरानले ६५औं र फेलिक्सले ८४औं मिनेटमा गोल गर्दै अल नासरलाई ४-० को सहज जित दिलाए ।

जितसँगै अल नासरले ४ खेलबाट शतप्रतिशत जितलाई निरन्तरता दिँदै १२ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा कायम रहेको छ । पराजित गोवाले ४ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *