आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले मेगसलाई ४२-३९ ले पराजित गर्यो ।
पुष्पसदनका सुशान्त सोजु श्रेष्ठले ११ अंक जोडे । सिनियर ब्वाइजमै रेडियन्ट पब्लिक र निःसर्ग वाटिका पनि सेमिफाइनलमा पुगे । रेडियन्टले ज्ञानोदयलाई ३६-१२ ले हरायो ।
रेडियन्टका विधान कार्कीले ७ स्कोर गरे।
निःसर्गले मंगललाई ४८-४१ ले पाखा लगायो । राराहिल र भ्याली भ्यूबीच हुने खेलको नतिजाले सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । उक्त खेल शनिबार हुनेछ ।
