बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकपका लागि नेपाली टोली घोषणा गरिएको छ । अखिल नपाल कबड्डी संघले बिहीबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीको कप्तानमा मानमती बिष्ट छिन् भने उपकप्तानमा जयन्ती बडू छिन । अन्य खेलाडीहरूमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, मीना नेपाली, सिर्जना धानुक, सन्जु थामी, विनिता क्षेत्री, आश्मा यादव, सिर्जना थारु, आशिका कुँवर र उरुसा शाक्य छन् ।

टाेलीकाे  मुख्य प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी छन् । महिला कबड्डी विश्वकप आउँदो कार्तिक २९ गतेदेखि मंसिर ९ गतेसम्म बंगलादेशको ढाकामा हुँदैछ ।

यसअघि भारतमा हुने भनिएको महिला कबड्डी विश्वकप बंगलादेशमा सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *