काभा महिला यु-१९ भलिबलमा नेपालले सेमिफाइनलमा मल्दिभ्स प्रतिद्वन्द्वी पाएको छ ।

चार टोली सहभागि रहेको प्रतियोगितामा समूह चरणको तीन खेलमा दुई जित र एक हार ब्यहोरेको नेपाल ७ अंकसहित शीर्ष स्थानमा रह्यो । शीर्ष स्थानमा रहेको नेपालले पूछारमा रहेको मल्दिभ्सको सामना गर्ने भएको हो ।

यो खेल भोलि अर्थात् शनिबार खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजेबाट सुरु हुनेछ । यसअघि पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकाले किर्गिस्तानको सामना गर्नेछ । यो खेल २:१५ बजेबाट सुरु हुनेछ।

नेपालले समूह चरणको पहिलो खेलका किर्गिस्तानसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो भने दोस्रो खेलमा घरेलु टोली श्रीलंकालाई ३-१ तथा तेस्रो खेलमा माल्दिभ्मलाई ३-० को सेटमा पराजित गरेको थियो ।

यता, सबै खेलमा पराजय ब्यहोरेको माल्दिभ्स अंक विहिन छ । समान खेलबाट ६ अंक रहेको श्रीलंका दोस्रो तथा ५ अंक जोडेको किर्गिस्तान तेस्रो रह्यो ।

फाइनल खेल आइतबार हुनेछ। योहि दिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *