कप्तना तथा भेट्रान फरर्वाड क्रिस्टियानो रोनाल्डोले करिअरको १२औँ रातो कार्ड व्यहोरेको खेलमा पोर्चुगल पराजित भएको छ ।

रिपब्लिक आयरल्यान्डको घरेलु मैदान अविभा स्टेडियममा बिहिबार राति सम्पन्न खेलमा पोर्चुगल २–० ले पराजित भएको हो ।

आयरल्यान्डलाई जित दिलाउन दुबै गोल ट्रोय प्यारटले गोल गरे । उनले खेलको १७औं र ४५औं मिनेटमा गोल गरेका हुन् । यस्तै रोनाल्डले खेलको ६१औँ मिनेटमा रातो कार्ड व्यहोरेपछि मैदान छाड्न बाध्य भएका थिए ।

यो हारसँगै समूह ‘ए’ मा पाँच खेलबाट १० अंक रहेको पोर्चुगल विश्वकपमा छनोट हुने अर्को खेल खेल्नु पर्ने भएको छ । उसले समूहको आफ्नो अन्तिम खेल अर्मानियासँग आइतबार इस्टेडियो डो ड्रागाओमा खेल्नेछ । पोर्चुगलले अर्मेनियासँग रोनाल्डो बिना नै खेल्नेछ।

यता, जितसँगै समान खेलबाट ८ अंक जोडेको आयरल्यान्ड तेस्रो स्थनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *