क्रिस्टियानो रोनाल्डोको अल-नासर किड्स कपको अन्तिम १६ बाटै बाहिरिएको छ ।
रोनाल्डोको नासर करिम बेन्जेमाको अल-इत्तिहादसँग २-१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । १५औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै अल-इत्तिहादलाई अग्रता दिलाए ।
अल-नासरले ३०औं मिनेटमा रोनाल्डोले बाँया तर्फबाट दिएको पास डिबक्सभित्र पाउँदै एन्जेलोले गोल गरे । तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा हुसेम आउआरले गोल गर्दै इत्तिहादलाई फेरि अग्रता दिलाए ।
दोस्रो हाफको सुरुआतमै अल-इत्तिहादका अहमद अल-जुलैदान रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि बाँकी समय थप गोल नहुँदा नासर पराजित हुन पुग्यो ।
