साडियो माने र नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जित हसिल गरेको छ ।

अल इत्तेहाद क्लबको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा अल नासरले इत्तेहादलाई २-० ले पराजित गरेको हो । जितसँगै अल नासरले जारी सिजन चार खेलबाट १२ अंक जोडेर शीर्ष स्थनामा छ । दोस्रो स्थानको इत्तेहाद भन्दा अल नासर ३ अंकले अघि छ।

यी दुवै गोल पहिलो हाफमा भएको हो । खेलको नवौँ मिनेटमा मानेको गोलबाट अग्रता बनाएको अल नासरको लागि ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि बाँकी समय थप गोल नहुँदा अल नासर विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *