काठमाडौँ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) एस आईबीएस श्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भइरहेको प्रतियोगितामा सीसीआरसी ‘ए’ ले मनास्लु ‘ए’ लाई १३-११ तथा सीसीआरसी ‘बी’ ले एलआरआईलाई १९-१० ले पराजित गरे ।

ब्वाइजमै जेभियर ‘ए’ ले लालीगुराँस नेसनल एकेडेमीलाई २१-१४, टाइम्सले एनजेवाइएसलाई ११-९, प्लेबक्सले बीभीएसलाई ९-७, प्रिमियरले मनास्लु ‘बी’ लाई २१-१३ र जेभियर ‘बी’ ले गोल्डेनगेट ‘बी’ लाई १२-१० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

क्वाटरफाइनलमा जेभियर ‘ए’ ले र सेन्ट जेभियर्स, सीसीआरसी ‘बी’ ले टाइम्स, सीसीआरसी ‘ए’ ले प्लेबक्स तथा जेभियर ‘बी’ ले प्रिमियर विरुद्ध खेल्ने छन् । गल्समा पनि क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनल टिम क्वासन र चेल्सी, गोल्डेनगेट र साइपाल, जेम्स र हिमशिला तथा बलर्स र एलआरआईबीच हुनेछ ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्समा १२ टिम सहभागी छन् । ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल बास्केटबल संघको सहकार्यमा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *