काठमाडौं । ज्ञान निकेतन र टीआईए ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । ज्ञान निकेतनले बाल दीक्षा सदनलाई ६१-४९ ले पराजित गर्यो।
ज्ञान निकेतनका सवाज मन्सुरले २० अंक जोडे । टीआईएले रेडियन्ट पब्लिकलाई ५७-५२ ले हरायो। टीआईएका रोशन नगरकोटीले ३० स्कोर गरे ।
खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भइरहेको कार्निभलअन्तर्गत गर्ल्स बास्केटबलमा रिब्स र मल्पी इन्टरनेसनल उपाधिका लागि भिड्ने भएका छन् । रिब्सले दीक्षालयलाई ३३-१३ ले पाखा लगायो ।
रिब्सकी सुप्रिया मल्लले १६ स्कोर गरिन् । मल्पीले रेडियन्ट पब्लिकलाई २५-१८ ले पन्छायो। मल्पीकी प्रणवी राणाले १३ अंक जोडिन् । फाइनल मंगलबार हुनेछ ।
