अर्पिल कांस्यमा सीमित

२०८२, २२ श्रावण बुधबार २०:१३

एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु-२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित भएका छन् ।

पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसंग ५-० ले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५-० तथा भुटानका किन्ले फुन्चोलाई ४-१ ले हराउदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसंग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए ।

‘जापानका खेलाडी आफ्नो तौलसमूहका स्वर्णका प्रबल दाबेदार हुन् । बलियो प्रतिद्वन्द्वीसंग अर्पिलले राम्रो खेलेका हुन् ।’ महासचिव भण्डारीले भने- ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्‌ले सञ्चालन गरिरहेको मिसन-२०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *