काठमाडौं। पूर्व मन्त्री तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मिक्स्ड मार्शल आर्ट्स (एमएमए) का प्रशिक्षक राहुल मोक्तानलाई बिदाइ गरेका छन् ।

यहि अगस्ट २५ देखि २७, २०२५ सम्म बहराइनको मनामा शहरमा आयोजना हुने पहिलो एमएमए कोचिङ कोर्समा सहभागिता जनाउन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उक्त कोर्स ओलम्पिक काउन्सिल अफ एशिया एमएमएको विकास कार्यक्रम अन्तर्गत आयोजना हुँदैछ । एनओसी अध्यक्ष श्रेष्ठले मोक्तानलाई सफलताको शुभकामना दिँदै उक्त विकास कार्यक्रमले राष्ट्रिय एमएमए महासंघको भविष्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाश कुमार कुसारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *