काठमाडौं । १७ औं विश्व उसु च्याम्पियनसिप २०२५ मा सहभागी हुने नेपाली खेलाडी ब्राजिल प्रस्थान गरेका छन् ।

आगामी सेप्टेम्बर १ देखि ८ तारिखसम्म ब्राजिलको ब्रासिलिया शहरमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ब्राजिल प्रस्थान गर्नुअघि नेपाली खेलाडीलाई आइतबारै एक कार्यक्रमका बीच नेपाल उसु महासंघले बिदाई गरेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष बीर बहादुर तामाङ, महासचिव तथा नेपाल ओलम्पिक कमिटीका सदस्य ल्हाक्पा छिरिङ लामा, कोषाध्यक्ष लानम लामा, बोर्ड सदस्य दिपक तामाङ लगायत राष्ट्रिय खेलाडीहरु तथा कोशी प्रदेश मुख्य प्रशिक्षक विनोद मारिकले शुभकामनासहित खेलाडीलाई बिदाई गरे ।

प्रतियोगितामा सहभागी हुने नेपालका राष्ट्रिय खेलाडीहरुमा दिपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर र सुस्मिता तामाङ रहेका छन् । नेपाली खेलाडी सेप्टेम्बर ८ मा स्वदेश फर्कने तयारी रहेको छ ।

विजयले गत वर्ष भएको जापानमा भएको तेस्रो थाउलो उसु विश्वकप २०२४ मा ऐतिहासिक कास्य पदक दिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली उसु खेलको गरिमा र उचाई बढाएका थिए।

त्यसपछि विजयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य र पहलमार्फत नेपाल सरकारद्वारा ६५ लाखको उचित पुरस्कार रकम प्राप्त गरेका थिए ।

यही टोलीलाई नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले आइतबारै दिउँसो १ बजे सातदोबाटोस्थित एनओसिको कार्यालयमा बिदाई कार्यक्रम राखेपनि कुनै खेलाडी उक्त बिदाई कार्यक्रममा उपस्थित भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *