इंग्लिस क्लब आर्सनलले स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डीलाई अनुबन्ध गरेको छ ।
आर्सनलले उनलाई स्पेनिस क्लब रियाल सोसिडाडाबाट ६० मिलियन पाउन्डमा भित्र्याएको हो । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२६ वर्षीय जुबिमेन्डीले रियाल सोसिडाडाका लागि २३६ खेल खेल्दा १० गोल गरेका थिए । जुबिमेन्डी स्पेनका राष्ट्रिय खेलाडी समेत हुन् । उनले राष्ट्रिय टोलीमा १९ क्याप जितेका छन् ।
गत सिजन जुबिमेन्डीले इङ्लिस क्लब लिभरपुलको अनुबन्धनको प्रस्तावलाई नकारेका थिए ।
आर्सनलले यस सिजन अनुबन्ध गरेको जुबिमेन्डी दोस्रो खेलाडी हुन् । यसअघि आर्सनलले चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई ५ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।
