दुहबी । सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा मधेशा युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा हरैंंचा स्पोर्ट्स क्लबलाई ६-२ गोलअन्तरले हराउँदै मधेशा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

दुहबी-१० सिमरियास्थित श्री जनता माविको खेलमैदानमा भएको खेलमा मधेशालाई जित दिलाउन अजित चौधरी र कोमल खवासले समान २-२ तथा शिशिर लेखी र युबेन राईले समान १-१ गोल गरे । हरैंंचाका लागि दुबै गोल आकाश गिरीले गरे ।

खेलको म्यान अफ दि म्याच मधेशाका कोमल खवास घोषित भए । उनले नगद ११०० र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गात आइतबार हुने पहिलो सेमिफाइनल खेलमा संयुक्त युवा क्लब र नेताचोक टाइगर क्लब भिड्नेछन् ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार तथा उपविजेताले नगद २१ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल असार ३२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *