एन्फा यु-१६ युथ लिगमा बुधबार सम्पन्न खेलमा मनाङ मर्स्याङदी, श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा मनाङ २-० ले विजयी भएको हो । मनाङलाई जित दिलाउन प्रकाशले दुवै गोल दोस्रो हाफ गरेका हुन् ।

यो नतिजासँगै सात खेलमा १४ अंक जोडेको मनाङ चौथो स्थानमा उक्लिएको छ । १३औं स्थानमा रहेको आर्मीको समान खेलबाट तीन अंक छ ।

यस्तै दोस्रो खेलमा आर्यन भण्डारीको निर्णायक गोलमा श्री भगवती क्लबले एन्फा यु-१६ युथ लिगमा कठिन जित हासिल गर्यो ।

फ्रेन्ड्स क्लबलाई भगवतीले १-० ले पराजित गरेको हो । भगवतीलाई जित दिलाउन आर्यनले खेलको ५१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै आठ खेलमा ९ अंक जोडेको भगवती नवौं स्थानमा छ । तेस्रो स्थानमा रहेको फ्रेन्ड्सले समान खेलबाट १६ अंक जोडेको छ ।

दिनको अन्तिम खेलमा शीर्ष स्थानको नेपाल पुलिस क्लब चर्च ब्वाइज युनाइटेडसँग ५-० ले पराजित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *