चेल्सी फिफा क्लब विश्वकपको अन्तिम-१६ मा प्रवेश गरेको छ । बुधबार विहान भएको समूह ‘डी’ को खेलमा ट्युनिसियाको एसपेरेन्सलाई ३-० गोलले पराजित गर्दै चेल्सी उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।

बुधबार अमेरिकाको लिंकन फाइनान्सियल फिल्डमा चेल्सीलाई जित दिलाउन तोसिन अदाराबियोयो, लियम डेलाप र टायरिक जर्जले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अदाराबियोयोको गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमै डेलापले गरेपछि पहिलो हाफमा चेल्सीले २-० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा जर्जले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।

जितपछि चेल्सी ३ खेलबाट ५ खंक जोडेर चेल्सी समूह ‘डी’ को उपविजेता बन्यो ।

यही समूहको अर्को खेलमा फ्लेमेन्गो र लस एन्जलस एफसीले १-१ को बराबरी खेले ।

समूह ‘डी’ बाट ब्राजिलियन क्लब फ्लेमेन्गो ७ अंकका साथ समूह विजेताका रूपमा अगाडि बढ्यो । एसपेरेन्स ३ र लस एनजलस १ अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरिए ।

अर्को सातादेखि सुरु हुने अन्तिम १६ मा चेल्सीले बेनफिकासँग खेल्ने छ भने फ्लेमेन्गोले बायर्न म्युनिखसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *